०१ साउन २०८३, शुक्रबार

आफ्नो ड्रोनले स्पाइडरम्यान जस्तो आक्रमण गर्न सक्ने चीनको दाबी

आफ्नो ड्रोनले स्पाइडरम्यान जस्तो आक्रमण गर्न सक्ने चीनको दाबी

काठमाडौं – चीनले अन्य ड्रोनलाई निर्बल बनाउन सक्ने एउटा नयाँ शिकारी ड्रोन बनाएको बताएको छ । शिकारी ड्रोनले अन्य ड्रोनलाई १६ वर्गमिटरको जालो फ्याँकेर निस्तेज बनाउन सक्छ । 

‘उक्त जालोमा फसेपछि शत्रु ड्रोनले शक्ति गुमाउँछ अनि भुइँमा खस्छ,’ चिनियाँ सेनाको अंग्रेजी भाषामा वेबसाइटमा लेखिएको छ । 

चीनको एयरोस्पेस सायन्स यान्ड इन्डस्ट्री कर्पोरेसनले विकसित गरेको ड्रोन एक्लै पनि काम गर्छ तर यो चीनको रक्षा प्रणालीमा एकीकृत समेत हुन सक्छ । 

हेक्साकप्टर ड्रोनले सर्वेक्षण र निरीक्षण समेत गर्न सक्छ, वेबसाइटले लेख्यो । 

हालैका हप्तामा चीनले सार्वजनिक गरेको यो दोस्रो ड्रोन हो । अगस्ट महिनामा रुसमा भएको हवाई प्रदर्शनीमा चीनले एलजे–आई टार्गेट ड्रोन देखाएको थियो । प्रशान्त क्षेत्रमा अमेरिका र उसका साझेदारविरुद्ध लड्न यसको उपयोग गरिने चीनको लक्ष्य छ । 

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्