१९ असार २०८३, शुक्रबार

मेलम्चीको सुरुङ खन्न अब ४ किलोमिटर बाँकी

कात्तिक २०, २०७४
मेलम्चीको सुरुङ खन्न अब ४ किलोमिटर बाँकी

चौतारा, १७ चैत –बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४ किलोमिटर १ सय मिटरमात्र बाँकी रहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलज ५ किमी सुरुङमध्ये अब ४ दशमmव १ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए ।

आगामी दसैँसम्म राजधानीवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । हेलम्बुबाट ग्यालथुमखण्डमा दुई किलोमिटर र ग्यालथुमबाट सिन्धुखण्डमा २ दशमलव १ किमी सुरुङ निर्माण गर्न बाँकी छ ।

सिन्धुखण्डको सुरुङमा कमसल भूभाग भेटिएकाले समस्या देखा परेको छ । सो खण्डमा कमजोर चट्टान भएको भनी ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकाले त्यसको अध्ययन भइरहेकोले सम्भाव्यता देखिएमा वैकल्पिक उपाय अपनाइने दुवाडीले बताए ।

हाल चार स्थानबाट एकैसाथ दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेकामा अबदेखि दैनिक २५ देखि ३० मिटर खन्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९ दशमलव ५ किलोमिटर सुरुङ यसअघि नै सम्पन्न भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्