३१ जेठ २०८३, आइतबार

कुन देशसँग छ सबभन्दा धेरै सुन ?

कुन देशसँग छ सबभन्दा धेरै सुन ?

काठमाडौं – संसारको रिजर्भ करेन्सी अब डलरलाई नमानेर सुनलाई मान्ने कुरा उठिरहेको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ, कुन देशसँग सबभन्दा बढी सुन (गोल्ड रिजर्भ) छ ?

यसमा संसारको पहिलो अर्थतन्त्र अमेरिका नै अग्रणी छ । अर्थात् अमेरिका पहिलो र जर्मनी दोस्रो स्थानमा छ । 

अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन छ । जर्मनीसँग भने ३ हजार ३६६ दशमलब ८ टन सुन छ । 

यस सूचीको तेस्रो स्थानमा कुनै देश नभई अन्तर्राष्ट्रिय मुद्रा कोष छ । उससँग २४ सय ५१ दशमलब ८ टन सुन छ । 

त्यसपछि क्रमशः इटली, फ्रान्स, रुस, चीन, स्विट्जरल्यान्ड र जापान पर्छन् । 

छिमेकी मुलुक भारत सूचीमा नवौं स्थानमा छ । उससँग ६१८.२ टन सुन छ । 

नेपाल भने निकै तल छ । उससँग जम्मा ६.४० टन सुन छ ।

सुन भण्डार वा गोल्ड रिजर्भ भनेको कुनै पनि देशको केन्द्रीय बैंकमा भएको सुन हो । संकट पर्दा देशको धनरक्षा र आवश्यकता पर्दा मानिसहरूलाई पैसा फिर्ता गर्नका लागि केन्द्रीय बैंकहरूले सुन किन्छन् । सुनको भण्डारलाई कडा सुरक्षा व्यवस्थाका साथ लुकाएर राखिएको हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्