
ईरानमाथि अमेरिकाले गरेको हवाई आक्रमण (एयरस्ट्राइक) पछि विश्वव्यापी तेल बजारमा ठुलो उतारचढाव देखिएको छ । आक्रमणलगतै अमेरिकी क्रूड आयलको मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको हो ।
अमेरिकाले आगामी जुलाई १७ देखि इरानी तेल निर्यातमाथि पुनः प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसका कारण विश्व बजारमा तेलको आपूर्ति प्रभावित हुन सक्ने आशंका तीव्र रूपमा बढेको हो ।
आपूर्तिमा आउने यही संकुचनको डरले गर्दा कच्चा तेलको मूल्यमा अचानक वृद्धि भएको हो।
तनाव बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर बन्ड बजारमा पनि देखिएको छ। १० वर्षे अमेरिकी ट्रेजरी बन्ड फ्युचर्समा गिरावट दर्ता गरिएको छ । तेलको मूल्य बढेसँगै बजारमा महँगी (मुद्रास्फीति) बढ्ने र ब्याजदर समेत वृद्धि हुन सक्ने आशंकाले लगानीकर्ताहरू चिन्तित बनेका छन् ।