०१ साउन २०८३, शुक्रबार

दुस्मनलाई पनि निम्ता, ज्ञानेन्द्रले फर्काउनै लागेका हुन राजतन्त्र ?

कात्तिक २०, २०७४
दुस्मनलाई पनि निम्ता, ज्ञानेन्द्रले फर्काउनै लागेका हुन राजतन्त्र ?
काठमाडौं, १७ चैत - नेपाली राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र शाहका कदमहरुलाई महत्वका साथ हेरिन्छ । गणतन्त्र स्थापना पछि राजनीतिक स्थायित्व हुन नसकिरहेको फाइदा उठाउँदै ज्ञानेन्द्र मात्र होइन अरु सानातिना ‘फुच्चे’ नेताहरूले पनि आफ्नो हैसियत देखाउने कोशिश गर्छन् ।

चुनाव हुने नहुने आशंका भइरहँदा ज्ञानेन्द्रले आफ्ना कदमहरूपनि बढाइरहेका छन् । सरकारले चुनाव घोषणा गर्नुभन्दा अघि उनले हप्ता हप्तामा विज्ञप्तीवाजी गरिरहेका हुन्थे । उनले देश इतिहासकै सबैभन्दा कठिन अवस्थामा आइपुगेको समेत विज्ञप्तीमा उल्लेख गरे ।

त्यसपछि उनी धार्मिक भ्रमणका नाममच तराईका जिल्लाहरुमा पुगे । आफ्ना सुवेच्छुक तथा राजाबादीहरूलाई पनि भेटे ।
विहीवार आफ्ना नाती हृदेयन्द्रको ब्रतबन्धको नाममा उनले आज सबैदलका नेताहरूलाई भेटेका छन् । उनले आफ्ना शुभचिन्तक मात्रै होइन सम्पूर्ण दुस्मनहरुलाई पनि नातीको ब्रतबन्धमा बोलाएका थिए ।



राजतन्त्र ढलाउन मुख्य योगदान दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि अहिलेका क्रान्तिकारी नेता नेत्र विक्रमचन्द सम्मलाई उनले नातीको ब्रतबन्धमा बोलाएका हुन् ।

शीतल निवासमा उनले नातीको ब्रतबन्ध गरे । आउँदो २४ चैतमा सोही ब्रतबन्ध वापतको भोज पनि उनले खुवाउँदैछन् । पाहुनाहरुलाई दिवा भोजमा बोलाएका छन् भने आफन्तहरूलाई चाहिँ रात्रि भोजमा समेत बोलाएका छन् ।
राजनीतिक संक्रमण लम्बिँदै जाँदा उनले यस्ता मौकामा नेताहरुसँग भेट्न खोजिरहेको बुझिन्छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले छोरीको विहेमा बोलाएको निम्तामा उनी आफै सरिक भएका थिए ।

चुनावको मिति नजिकिँदै जाँदा सेनाले सक्रियता बढाई रहँदा ज्ञानेन्द्रलेपनि सक्रियता बढाएका छन् । आउँदो माघ सम्म सबै तहको निर्वाचन नभएमा देशमा राजनीतिक संक्रमण आउने विश्लेषण ज्ञानेन्द्रलेपनि पक्कै गरेका होलान् ।

सेनाले नगर्ने त कुरै भएन । प्रधान सेनापतिले समेत केही दिन अघि तराईका जिल्लाको भ्रमण गरेका छन् । चुनाव भएन र सेनाले सहयोग गर्यो भने ज्ञानेन्द्र फेरी सत्ताको दाउमा रहेको कतिपय राजाबादीहरू बताउँछन् ।
यो विषय अत्यन्तै हावादारी हुन सक्छ । तर उनले बढाएको राजनीतिक सक्रियताले चाहिँ कुनै न कुनै शंकाहरु चाहिँ उत्पन्न गराई रहेको छ । उनले राजनीतिक भेटवार्ताका लागि नेताहरुलाई बोलाउने कुरा भएन यस्तै यस्तै अवसरमानै भेट्ने हो । उनले अरुबेलामा नातीको ब्रतबन्ध गराउन सक्थे तर अहिले चुनावकै मुखमा आएर यस्तो गर्नुलाई पनि शंकाको दृष्किोणमा हेरिएको छ ।

ज्ञानेन्द्रका छोरा पारस र बुहारी हिमानीबाट जन्मिएका हृदयन्द्रको ब्रतबन्धको सम्पूर्ण व्यवस्था ज्ञानेन्द्रलेनै मिलाएका हुन् । समारोहका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेताहरू, धर्मगुरुहरू, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स र सीएनआईका पदाधिकारी तथा सदस्यहरू लगायतलाई निम्ता गरियो ।

सन्तमहन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायीहरू, कलाकारहरू, संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरू, सामाजिक कार्यकर्ताहरूलगायत समाजको सबै क्षेत्रका अगुवाहरूलाई निमन्त्रणा पठाइयो ।
ज्ञानेन्द्रको निम्ता तथा भेटघाटलाई सामान्य भनेर अर्थ लगाउन त मिल्यो । उनी सामान्य रुपमा अघि बढिरहेको भए चाहिँ किन वर्षौंदेखि चलाउँदै आएको राजतन्त्र ढाल्ने नेताहरुलाई बोलाउँथे ? आफ्ना दुस्मनहरुलाई समेत उनले बोलाएर छोराको ब्रतबन्धमा सहभागि बनाएका छन् ।

शाह वंशमा सबैभन्दा अभागी मानिएका उनको मनमा पक्कै पनि कहिँ कतैबाट सत्ता हातमा ल्याउन पाए हुन्थ्यो जस्तो लाग्छ होला । अथवा उनले आफूले सौहार्दपूर्ण वातावरणमा सुम्पिएको सत्ता नेताहरुलाई राम्रोसँग चलाउन नसकेको भन्दै सजग पो बनाएका हुन कि !
शीतल निवासमा उनले बोलाएका नेताहरु को को पुगे वा कोको पुगेनन भन्ने कुरा बाहिर आएको छैन । सोल्टी होटलमा निम्ता मान्न जाँदा चाहिँ पक्कै पनि सबैलाई थाहा होला ।

salt training

कमेन्ट गर्नुहोस्