२४ असार २०८३, बुधबार

बेलायती प्रधानमन्त्रीका भाइले दिए सांसद पदबाट राजीनामा

बेलायती प्रधानमन्त्रीका भाइले दिए सांसद पदबाट राजीनामा

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद पदबाट बिहीवार राजीनामा दिएका छन् । 

एक ट्वीटमा उनले राजीनामाको कुरा लेखेका हुन् । उनले लेखे, ‘नौ वर्षसम्म ओर्पिङटन क्षेत्रको प्रतिनिधित्व गर्दै तीनजना प्रधानमन्त्रीमुनि बसेर मन्त्रीका रूपमा सेवा गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो । हालैका सातामा म पारिवारिक बफादारिता र राष्ट्रिय हितका बीच विभक्त भएको छु । यो समाधान गर्न नसकिने तनाव हो र अरूले अबे सांसद तथा मन्त्रीका रूपमा मेरो भूमिका लिनुपर्छ ।’

— Jo Johnson (@JoJohnsonUK) September 5, 2019

त्यसै पनि निर्वाचन घोषणा भयो भने केही दिनपछि त जो सांसद रहने छैनन् । 

सांसदहरूले आफ्ना बालबच्चासँग बढी समय बिताउनका लागि राजनीति त्याग्ने निर्णय प्रायः लिइरहेका हुन्छन् । जो र उनकी पत्नीका दुई सन्तान छन् । 

तर जोले पारिवारिक बफादारिता भनेर आफ्नै दाइलाई सन्दर्भ बनाएको हुनुपर्छ । राष्ट्रिय हित भन्नाले उनले सरकारको नीतिलाई समर्थन नगर्ने भनेको हुनुपर्छ । तर जोले आफ्ना दाइको रणनीतिविरुद्ध अडान लिएका हुन् भने मंगलवार वा बुधवार त्यो अडान देखाउनुपर्थ्यो । त्यसबेलामा सांसदहरूले सम्झौतारहित ब्रेक्जिटमा मत दिने सम्भावना छ ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्