०८ असार २०८३, सोमबार

बच्चा नपाएको भन्दै दक्षिण कोरियाका एक पुरुष राजनीतिकर्मीले हप्काए महिला प्राध्यापकलाई

बच्चा नपाएको भन्दै दक्षिण कोरियाका एक पुरुष राजनीतिकर्मीले हप्काए महिला प्राध्यापकलाई

काठमाडौं – दक्षिण कोरियाका एक राजनीतिकर्मीले देशको स्वच्छ व्यापार आयोगको अध्यक्षकी उम्मेदवार महिलालाई बच्चा नपाएको भनेर हप्काएका छन् । बच्चा नपाएर उनले देशप्रतिको कर्तव्य निर्वाह नगरेको राजनीतिकर्मीको आरोप छ ।

विपक्षी दल लिबर्टी कोरियाका सदस्य जियोङ काब–यूनले अर्थशास्त्रकी प्राध्यापक जोह सुङ–वूकलाई करीयर सम्हाल्ने नाममा बच्चा नपाएको भन्दै हप्काए । यसो गरेकोमा जियोङको कडा आलोचना भएको छ । 

‘तपाईं अझै एक्ली हुनुहुन्छ भन्ने मलाई थाहा छ र महिलाहरूले बच्चा नजन्माउनु नै दक्षिण कोरियाको सबभन्दा ठूलो समस्या हो,’ जियोङले जोहलाई संसदीय सुनुवाइका क्रममा भने । ‘तपाईंको बायोडेटा गजबको छ र कृपया देशप्रतिको दायित्व पूरा गर्नुस्,’ उनले थपे । 

जो सउल नेसनल विश्वविद्यालयकी प्राध्यापक हुन् र उक्त पदमा लड्ने पहिलो महिला उम्मेदवार हुन् । जियोङको कुरा सुनेर उनी अप्ठ्यारो मान्दै मुस्काइन् र उत्तर दिइनन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जोको अधिकार जियोङले हनन गरेको बताए । 

आलोचना भएपछि जियोङले माफी मागेका छन् । 

दक्षिण कोरियामा संसारको सबभन्दा कम जन्मदर छ । सरकारले बालबच्चा हुर्काउन तथा स्याहार केन्द्रका लागि अर्बौं डलर रकम छुट्ट्याएर जोडीहरूलाई बच्चा पाउन प्रोत्साहित गरेको भए पनि जन्मदर सन्तोषजनक छैन ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्