२४ असार २०८३, बुधबार

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपीएसमा आवद्ध

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपीएसमा आवद्ध

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा शुरू भएको छ । 

भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्फत् ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट हुनेछ ।

सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिट्यान्स कारोबार कनेक्ट आईपीएस ई–पेमेन्टमार्पmत तत्कालै र एनसीएचएल–आईपीएसमार्फत तोकिएको सीमामा कारोबार भुक्तानी गर्न सकिन्छ । यसअनुरुप अब बैंक भुक्तानी कार्य धेरै सहज र सरल हुने विश्वास गरिएको छ ।

सम्झौता पत्रमा नेपाल  क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टबाट ७ हजारभन्दा बढी नेपालका एजेन्ट्मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्