२३ जेठ २०८३, शनिबार

श्रमसम्बन्धी विधेयकमा कार्यदलले प्रतिवेदन बुझायो

कात्तिक २०, २०७४
श्रमसम्बन्धी विधेयकमा कार्यदलले प्रतिवेदन बुझायो
काठमाडौँ, १७ चैत –श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७२ माथि अध्ययन गर्न बनेको संसदीय कार्यदलले आज आफ्नो प्रतिवेदन समिति समक्ष बुझाएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको संयोजकत्वमा बनेको नौ सदस्यीय कार्यदलले आज समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गरेको हो ।

सांसदहरुलाई प्रतिवेदन अध्ययन गरी यही चैत २० गतेको बैठकमा थप छलफल गर्नेगरी आजको बैठक टुङ्गिएको सभापति साहले जानकारी दिए ।

कार्यदलका सदस्य भरत खड्काले स्थानीयतहको निर्वाचनअघि नै संसद्बाट पारित हुने गरी विधेयकलाई अघि बढाउनुपर्ने भनाइ राखे ।

बैठकमा सांसद पेम्बा लामाले विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सांसदहरुसँग छलफल नै नगरी उपसमितिले प्रतिवेदन तयार पारेकामा असन्तुष्टि व्यक्त गरिन।

बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले नेपालले श्रम सम्बन्धमा गरेको अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, लगानीमैत्री र कामदारमैत्री बन्ने गरी विधेयक संशोधन गरिएको जानकारी दिए ।

गत कात्तिक ७ गते विधेयक समितिमा प्राप्त भएकामा माघ १३ गते समितिमा दफावार छलफल सुरु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्