
काठमाडौं, १७ चैत -- नयाँ शक्ति नेपालको संघीय परिषदको दोस्रो पूर्ण बैठक सम्पनन्न भएको छ । सो बैठकले निर्वाचनका लागि ६ वटा शर्तहरु पूरा हुनुपर्ने माग सहित लामो विज्ञप्ती प्रकाशन गरेको छ । संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा यही चैत्र १५ र १६ गते काठमाडौंमा सम्पन्न भएको हो ।
यस्तो छ नयाँ शक्तिले जारी गरेको प्रेस विज्ञप्ती-१. संघीय परिषदको वैठकको आरम्भ राष्ट्रिय गानवाट गरिएको थियो भने समाज परिवर्तनकालागि ज्यानको आहुति दिने सम्पूर्ण शहीदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरियो ।
२. केन्द्रीय कार्यालयको तर्फवाट संयोजक डा बाबुराम भट्टराईले वर्तमान सन्दर्भ र आगामी कार्यभारः निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजना विषयक दस्तावेज प्रस्तुत गर्नुभयो । संयोजकद्वारा प्रस्तुत दस्तावेजको थप व्याख्या गर्दै सह–संयोजक रामचन्द्र झा, संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र अनुशासन आयोग प्रमुख परशुराम खापुङले आफ्नो भनाई राख्नुभयो ।
३. विभिन्न ६ समूहमा विभाजन गरी दिनभर समूह छलफल गरी समूहको तर्फबाट सुझाव प्रतिवेदन प्रस्तुत गरियो । सुझाव प्रस्तुती पश्चात सोही दस्तावेजको थप व्याख्या गर्दै संसदीय मामिला विभाग प्रमुख केशव दाहाल, राष्ट्रिय मामिला प्रदेश प्रमुख परशुराम तामाड, सामाजिक तथा राष्ट्रिय आन्दोलन परिचालन संयोजक रामकुमार शर्मा तथा सामाजिक संघ–संस्था विभाग संयोजक लिली थापा, अन्तर्राष्ट्रिय विभाग संयोजक हिसिला यमी, प्रवास प्रदेश संयोजक नवराज सुवेदी, प्रदेश नं. १ का उत्प्रेरक देवीप्रसाद ओझा लगायतले दस्तावेज उपर आफ्नो सुझाव राख्नुभयो । सोही सुझावका आधारमा आवश्यक परिमार्जन सहित दस्तावेज पारित गरियो । पारित दस्तावेजका मुख्य सार प्रस्तावित निर्वाचन संघर्ष र सहभागिताको एक ऐतिहासिक मोर्चा रहेको ठहर गर्दै यही मर्मका आधारमा निम्न सार र प्रतिवद्धता सहित दस्तावेज पारित गरियोः
अब हुने निर्वाचन विगतको निरन्तरता नभएर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिको नयाँ ऐतिहासिक निर्वाचन हो । संवैधानिक संकट आउनु अगावै संविधानमा व्यवस्था भए बमोजिम तीनवटै निकायको निर्वाचन सम्पन्न गराउनुको विकल्प छैन । हाम्रो पार्टी निर्वाचनप्रति प्रतिबद्ध छ । तर सरकार र केही राजनीतिक दलहरु निर्वाचनप्रति गम्भीर देखिँदैनन् । त्यसैले समयमै निर्वाचन गर्न निर्वाचनको वातावरण बनाउन आवश्यक छ ।
यसैका लागि हामीले ६ बुँदे शर्तहरु (१. संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन, २. विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुनःसंरचना, ३. प्रभावकारी र निष्पक्ष निर्वाचका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार, ४. स्वच्छ र प्रभावकारी निर्वाचनकालागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास, ५. केन्द्र–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीनवटै निर्वाचन, ६. स्थायीत्व, विकास र समृद्धिकालागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका) सहित निर्वाचनको भरपर्दो वातावरण बनाउन माग गरेका छौं ।
यसका अतिरिक्त स्थानीय तह निर्वाचनसम्बन्धी कानूनमा वर्तमान व्यवस्थापिका संसद वाहिर रहने दललाई दलगत पहिचान सहित निर्वाचन चिन्ह नदिने जुन व्यवस्था गरिएको छ सो बहुदलीय लोकतन्त्रको मर्म र नेपालको संविधान विपरीत भएकाले हामीलाई मान्य छैन । यस्तो निर्दलीय कानूनमा हामीले तुरुन्त संशोधनको माग गरेका छौं । त्यसैगरी विदेशमा रहेका नेपालीहरुले पनि निर्वाचनमा मतदान गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने पनि हाम्रो अर्को माग छ । यी सबै कुरा निर्वाचनको वातावरण बनाउन हामीले राखेका अत्यावश्यक शर्तहरु हुन् । हाम्रा यी शर्तहरुको पक्षमा सशक्त जनपरिचालन गर्दै उचित वातावरण बनेपश्चात निर्वाचनमा सहभागी हुने हाम्रो नीति रहेको छ ।
यसर्थ नै यो निर्वाचन हाम्रालागि संघर्ष र सहभागिताको मोर्चा हो ।
निर्वाचनलाई संघर्षको मोर्चाका रुपमा पार्टीले अघि सारेका ७ शर्त पूरा गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाई अल्टिमेटम दिने र सो अवधिमा माग पूरा नभएमा यही चैत २० गतेबाट निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम निश्चित गरिएको छ । यसैगरी
निर्वाचनको वातावरण वनाउ“दै तत्पश्चात हुने निर्वाचनकालागि उम्मेदवार तय गर्न सम्बन्धित तहको पार्टी कमिटीले सिफारिश गर्ने र महानगरपालिका र उपमहानगरपालिकाको हकमा प्रदेश समिति र अरुका हकमा सम्बन्धित जिल्ला पार्टीले उम्मेदवार तोक्ने निर्णय गरियो ।
४. परिषदको वैठककै क्रममा सूचना प्रविधिको महत्वलाई दृष्टिगत गर्दै पत्रकार उज्ज्वल आचार्यको जानाकारीमूलक प्रस्तुति रह्यो जुन प्रस्तुतिले इन्टरनेट तथा सामाजिक सञ्जालको महत्व र उपयोगका बारेमा जानकारी हासिल गर्ने काम भयो ।
५. प्रवक्ता खिमलाल देवकोटाले निर्वाचनसम्बन्धी कानूनका बारेमा जानाकारीमूलक प्रस्तुति राख्नुभयो भने कानून विभागका संयोजक मुक्ति प्रधानले विधान संशोधन प्रस्ताव प्रस्तुति गर्नु भयो र आर्थिक स्रोत परिचालन विभागका संयोजक सुनिल खड्काले आर्थिक प्रस्ताव प्रस्तुत गर्नुभयो ।
६. वैठकको अन्तमा अनुभुति मन्तव्य राख्दै मदन राई, भाइराजा पाण्डेले नया“ शक्ति पार्टीको ऐतिहासिक कार्यभार र यसको उज्वल भविष्यका बारेमा चर्चा गर्दै आफू पनि कार्यक्षेत्रमा खटिरहने र सबैलाई आफ्नो क्षेत्रमा डटेर लाग्न आग्रह गर्नुभयो ।
७. बैठकले निम्नबमोजिम विभिन्न समितिहरुको निर्माण गर्दै कार्यविभाजन गरेको छः
क) केन्द्रीय निर्वाचन परिचालन समिति
१. डा. बाबुराम भट्टराई – संयोजक
२. रामचन्द्र झा
३. महेश कर्मोचा
४. दुर्गा सोव
५. सबै प्रदेशका उत्प्रेरक र संयोजकहरु
६. सबै विभाग÷संयन्त्र÷आयोगका संयोजकहरु
७. सबै आंगिक, पेशागत र राष्ट्रिय संगठनका संयोजकहरु
ख) प्रदेशका संयोजक र उत्प्रेरकहरु
क्र.सं. प्रदेश उत्प्रेरक संयोजक
१ प्रदेश नं. १ देवीप्रसाद ओझा पासाङ शेर्पा
२ प्रदेश नं. २ रामचन्द्र झा महेन्द्र पासवान
३ प्रदेश नं. ३ परशुराम तामाङ गंगा श्रेष्ठ
४ प्रदेश नं. ४ वीरेन्द्र पोखरेल वलावती शर्मा
५ प्रदेश नं. ५ मा. गंगा चौधरी सत्गौवा दानबहादुर चौधरी
६ प्रदेश नं. ६ नवराज सुवेदी भक्तबहादुर शाह
७ प्रदेश नं. ७ भीमबहादुर कडायत लीला भण्डारी
– सबै संघीय परिषद् सदस्यहरु गाउ“पालिका÷नगरपालिका उत्प्रेरक र केन्द्रीय कार्यकारी सदस्यहरु जिल्ला÷उपमहानगर÷महानगरपालिका उत्प्रेरकका रुपमा क्रियाशील हुने ।
ग) केन्द्रीय वक्ता टीम
१. देवेन्द्र पौडेल – संयोजक
२. वामदेव क्षेत्री
३. मदन राई
४. प्रशान्त सिंह
५. भाइराजा पाण्डे
६. वीरेन्द्र पोखरेल
७. रामकुमार शर्मा
८. कल्पना धमला