०३ असार २०८३, बुधबार

मानसिक रूपमा बलियो बन्नका लागि यस्ता बानी अपनाउनुस्

भदौ २०, २०७६
मानसिक रूपमा बलियो बन्नका लागि यस्ता बानी अपनाउनुस्

शरीरको शक्तिमा हामीले ध्यान दिने गरेको भएपनि मन वा दिमाग बलियो बनाउने विषयमा हामीले प्रायः ध्यान दिइरहेका हुँदैनौं । शारीरिक शक्तिले तपाईंको व्यक्तित्वलाई प्रभावशाली बनाउँछ र त्यसले सबैलाई आकर्षित गर्छ भने मानसिक शक्तिले अप्ठ्यारो परेको बेलामा पनि संयम राख्नका लागि प्रेरित गर्छ । 

संसारमा सफलताको शिखरमा पुगेका मानिस शारीरिक रूपमा सशक्त भएपनि नभएपनि मानसिक शक्तिका कारण त्यस ठाउँमा बसिरहेका हुन् । यस्ता व्यक्तिसँग विशेष गुण हुन्छन् । जानौं ती गुणहरू :

भावनामा नियन्त्रण
मानसिक रूपमा बलियो बन्नका लागि सबभन्दा पहिला आफ्ना भावनाहरूलाई बुझ्ने र तिनलाई सम्हाल्ने प्रयास गर्नुस् । सफल व्यक्तिहरूले भावनालाई नियन्त्रणमा राख्छन् र अगाडि भएको मानिसको मनको कुरा पनि बुझ्न सक्छन् । उनीहरूले आफ्नो सशक्त पक्ष र कमजोर पक्ष दुवैको ज्ञान राख्छन् र त्यसैअनुसार काम गर्छन् ।

निजी र व्यावसायिक जीवनमा सन्तुलन
निजी र व्यावसायिक जीवनलाई सन्तुलनमा राख्ने मानिस मानसिक रूपमा सशक्त हुन्छन् । कामका बेलामा काममा मात्र फोकस हुने अनि लक्ष्य प्राप्तिका लागि हरसम्भव प्रयास गर्ने उनीहरूको बानी हुन्छ । अनि निजी जीवनमा अफिसको काम हाबी हुन नदिने प्रयास गर्नुपर्छ । 

आफूमाथि विश्वास
मानसिक शक्ति पाउनका लागि आफैंमाथि विश्वास राख्नुपर्छ । चुनौतीहरूका कारण आत्तिनेभन्दा पनि त्यसमा लुकेको नयाँ अवसर देख्ने क्षमता विकसित गर्नुपर्छ । आफ्नो भविष्य बनाउने क्षमता आफैंसँग भएको विश्वास राख्नुपर्छ । 
सकारात्मक सोच
सफलताको बाटोमा थुप्रै अप्ठ्यारा आउँछन् अनि सफल मानिसहरू ती अप्ठ्यारालाई पार गर्न सक्छन् किनकि उनीहरू मानसिक रूपमा बलिया हुन्छन् । उतारचढावको स्थितिमा यस्ता मानिस शान्त रहन्छन् र मनलाई शान्त राख्छन् । 

लचिलो
अप्ठ्याराहरू त हरेक कदममा आउँछन् तर ती अप्ठ्यारालाई हल गर्दै अघि बढ्ने मानिस मात्र विजेता बन्छ । कुनै पनि समस्या आएमा चिन्तित हुनुभन्दा सफल मानिसले लचिलो भएर त्यसको समाधान खोज्न थाल्छन् । मानसिक रूपमा बलियो मानिसले मात्र यस्तो गर्न सक्छन् ।

यसैगरी मानसिक रूपमा बलिया मानिसहरू निरन्तर प्रयास गरिरहन्छन्, गुनासो गर्दैनन् अनि गल्तीबाट सिक्दै अघि बढ्छन् । कुनै पनि कार्यमा सफल हुनका लागि मानसिक रूपमा बलियो हुनैपर्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्