१४ असार २०८३, आइतबार

अमेरिकी नागरिक ह्वीटसनद्वारा अन्तरिक्ष यात्राको महिला तर्फको कीर्तिमान तोड्न सफल

कात्तिक २०, २०७४
अमेरिकी नागरिक ह्वीटसनद्वारा अन्तरिक्ष यात्राको महिला तर्फको कीर्तिमान तोड्न सफल


अमेरिका, १७ चैत - अमेरिकी अन्तरिक्ष यात्री पेग्गी ह्वीट्सनले यसअघि सनी विलियमद्वारा राखेको सबैभन्दा धेरै पटक अन्तरिक्ष यात्रा गर्ने महिलातर्फको कीर्तिमानलाई बिहीबार तोड्न सफल हुनुभएको छ ।

सन्ताउन वर्षीया ह्वीटसनले आठौँ पटक अन्तरिक्ष यात्रा गर्दै अमेरिकी नागरिक विलियमको नाममा दर्ता भएको सबैभन्दा बढी अन्तरिक्ष यात्रा गर्ने महिलाको कीर्तिमानलाई तोड्न सफल हुनुभएको हो ।

ह्वीटसनको पछिल्लो अर्थात् आठौँ अन्तरिक्ष यात्रा औपचारिक रुपमा बिहीबार (मार्च ३०, २०१७) का दिन अमेरिकी समयअनुसार बिहान ७ बजेर २९ मिनेट जाँदा (११.२९ ग्रीनविच टाइम्स) सुरु भएको थियो ।

फ्रान्सका अन्तरिक्ष यात्री थोमस पेस्कटले यात्राका लागि ह्वीटसन र शान किमब्रोउको अन्तरिक्ष पोशाकमा रहेको स्वीच थिच्दै सफल यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । “यात्रालाई भरपुर मनोरञ्जन गर्नुस् । म तपाईलाई पर्खिरहने छु ।” पेस्कटले अन्तरिक्ष यान सञ्चालनपूर्व बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्