२५ जेठ २०८३, सोमबार

मधेसी मोर्चाद्वारा सरकारी कार्यालयमा तोडफोड

कात्तिक २०, २०७४
मधेसी मोर्चाद्वारा सरकारी कार्यालयमा तोडफोड

राजविराज, १८ चैत– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्यहाँ पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरे ।

उनीहरुले त्यसअघि सुरक्षाकर्मीले खोलेका दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् । दुवै कार्यालयमा गरिएको तोडफोडवाट १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको कर्मचारीले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचनाअनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । मालपोत प्रमुख दधीराम गुरागाईंले भने सरकारले भनेअनुसार हामीले राजस्व उठाउने हो र सोही अनुसार राजस्व उठाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्