०७ असार २०८३, आइतबार

मेलम्चीको पानी १ जनालाई १२७ लिटर

भदौ २४, २०७६
मेलम्चीको पानी १ जनालाई १२७ लिटर

काठमाडौँ - खानेपानी मन्त्रालयले राजधानीवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ । सरसफाइ, पिउनलगायतका दैनिक पानी प्रयोग लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार प्राविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ । ‘पानीको मात्रा त्यसै किसिमले वितरण गरिन्छ, वितरण प्रणालीलाई त्यही किसिमले जडान गरिएको छ,’ आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पाइप बिछ्याउने, पानी पोखरी (ठूला पानी ट्यांककी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्