२१ असार २०८३, आइतबार

गाइपालनमा किसानको आकर्षण

गाइपालनमा किसानको आकर्षण

इनरुवा– सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । 

जिल्लामा आव २०७४/०७५ मा तीन लाख ९२ हजार ७७३ को सङ्ख्यामा गाईपालन गरिएको थियो भने आव २०७५/०७६ मा बढेर तीन लाख ९५ हजार ६०० पुगेको विज्ञकेन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिए।

जिल्लामा  आव २०७४/०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को सङ्ख्यामा गाई रहेका थिए भने आव २०७५/०७६ मा दुई लाख ७६ हजार ९२० को सङ्ख्यामा स्थानीय जातका गाई रहेका विज्ञ केन्द्रको तथ्याङ्कले देखाएको छ । 

त्यसैगरी आव २०७४/०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५/०७६ मा ९४ हजार ९४४ को सङ्ख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताए। त्यसैगरी आव २०७४/०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५/०७६ मा २३ हजार ७३६ को सङ्ख्यामा उन्नत जातका गाईपालन भइरहेका उनले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्