काठमाडौं–प्रभु बैंक लिमिटेडले सुनसरीको कालाबञ्जरमा १९५ औं शाखा सञ्चालनमा ल्याएको छ । आइतवार बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा रहको शाखाको नगरपालिकाका प्रमुख निलम खनालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रभु बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८६ लाख ७६ हजार ९ सय ३० रुपैयाँ स‘चालन मुनाफा गरेको थियो । बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ एटीएम मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।