२६ असार २०८३, शुक्रबार

बसपार्क सञ्चालनमा ढिलाई

बसपार्क सञ्चालनमा ढिलाई
फाइल फोटो

सुर्खेत– निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझै सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो ।

नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताए। “हस्तान्तरण प्रक्रिया शुरु भइसकेको छ, सम्भवतः असोजको पहिलो सातासम्म हस्तान्तरण भइसक्छ”, उनले भने, “हस्तान्तरणपछि कसरी सञ्चालन गर्ने भन्ने मोडालिटीका सम्बन्धमा पनि छलफल भइरहेको छ ।” 

पटक–पटकको म्याद थपसँगै निर्माण कम्पनी चाङ्मिला÷नरसिंहजेभीले चार वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्क यही जेठमा सम्पन्न गरेको हो । नगर विकास कोषबाट ऋण सहयोगमा निर्माण सम्पन्न भएको आयोजनालाई वीरेन्द्रनगर नगरपालिकाले नगरको गौरवको आयोजनाका रुपमा लिएको छ । सुविधासम्पन्न बसपार्क नहँुदा सुर्खेतबाट सञ्चालित बस, यातायात कर्मचारी तथा यात्रुलगायतले अनावश्यक सास्ती भोग्नुपर्ने बाध्यता थियो । 

नगर प्रमुख देवकुमार सुवेदीले बसपार्क सञ्चालनमा आएपछि हाल प्रयोगमा आइरहेको बसपार्कलाई मङ्गलगढी पार्कमा विस्तार गर्ने बताए। निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभी र नगर विकास समितिबीच ०७२ माघमा सम्झौता भएको थियो । पन्ध्र महीनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले चार वर्ष लगाएर सिटी बसपार्क पुरा गरेको हो । 

रु छ करोड ८३ लाख लागतमा बनेको बसपार्कमा ६४ व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टर लगायतका संरचना छन् । करीब चार हजार ५०० वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १२० बस अट्न सक्ने क्षमता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्