१५ असार २०८३, सोमबार

नेपाल र अमेरिकाका विश्वविद्यालयबीच सहकार्य सम्झौता

कात्तिक २०, २०७४
नेपाल र अमेरिकाका विश्वविद्यालयबीच सहकार्य सम्झौता

काठमाडौं, १८ चैत – अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालका त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयबीच अध्ययन–अध्यापनमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।


उक्त सम्झौतासँगै अब नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि अमेरिकाको उक्त विश्वविद्यालयमा सहज रूपमा अध्ययनको अवसर पाउने भएका छन् ।

प्रथम चरणमा स्नातक र स्नातकोत्तर तह ‘कम्प्युटर साइन्स’ अध्ययन गर्ने विद्यार्थीको अध्ययन अध्यापनमा सहकार्यको सम्झौता भएको छ । खासगरी नेपाली विद्यार्थी अमेरिका पुगेर पनि आर्थिक अभावका कारण बीचमै अध्ययन छाड्ने समस्या रहेकोमा उक्त समस्यालाई समाधान गर्ने गरी सम्झांता भएको हो ।

अध्ययनको अवसर पाएपनि विद्यार्थीले अमेरिकाका विश्वविद्यालयमा सशुल्क अध्ययन पूरा गर्न कठिन हुने भएकोले नेपालका विश्वविद्यालयसँग सहकार्यको सम्झौता गरिएको मिजौरी विश्वविद्यालयले जनाएको छ ।

सम्झौतापश्चात् उक्त विश्वविद्यालयमा जान चाहने विद्यार्थीका लागि यहाँ अध्ययन गर्दागर्दै त्यही तह पूरा गर्न अमेरिका जान पाउने भएका छन् । त्यसका लागि दुतावासले भिसा दिनुपर्नेछ ।

अमेरिकाको उक्त विश्वविद्यालयका विद्यार्थी त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीसँग स्नातक र स्नातकोत्तरमा अध्ययन गर्न पाउनेछन् । अमेरिका पुगेर पनि आर्थिक कठिनाइका कारण बीचमै अध्ययन छाड्नुपर्ने समस्या नहोस् भनेर नेपालका विश्वविद्यालयसँग सहकार्यको सम्झौता गरिएको मिजौरी विश्वविद्यालयका प्रा.डा. केशव भट्टराईले बताए ।

खासगरी नेपालमा भूकम्प गएपछि नेपाली विद्यार्थीलाई परेको अप्ठ्यारोको महसूस गरी विश्वविद्यालयले सहकार्य गर्न चासो देखाएको हो ।

प्राध्यापक भट्टराईका अनुसार यसअघि भारतका केही विश्वविद्यालयसँग त्यस किसिमको सम्झौता गरिएको भएपनि नेपालको विश्वविद्यालयसँग पहिलोपटक सम्झौता गरिएको हो ।

अब नेपाली स्नातक तहमा दुई वर्षको अध्ययन पूरा गरेको विद्यार्थीले त्यहाँ पुगेर बाँकी अध्ययन पूरा गर्न सक्नेछन् । त्यसै गरी २+२, ३+१ र ०.५+१.५ मोडलमा विद्यार्थीले अध्ययनको अवसर पाउनेछन् ।

स्नातक तहमा त्रिवि र पोखरा विश्वविद्यालय अध्ययन गरेका विद्यार्थीले दुई वर्ष यहाँ अध्ययन गरेपछि मिजौरी अर्थात एमसीएममा सिधै अध्ययनको अवसर पाउने भएका छन् । यसले गर्दा उनीहरूको अध्ययन लागत कम हुनुका साथै उनीहरूले अमेरिकी प्रमाणपत्र पाउने भएका छन् ।

अध्ययनपश्चात् अमेरिकामै उच्च शिक्षाको अध्ययन समेत पाउन सक्नेछन् । तर विद्यार्थीले आइएलटीएस र टोफेल परीक्षा अनिवार्य रूपमा पास गरेको हुनुपर्नेछ ।

मिजौरी विश्वविद्यालयमा विज्ञान संकायका डीन डा. एलेस ग्राइफी, प्रा.डा.महम्मद युसुफ र प्रा.डा. केशव भट्टराई नेपाल आएर त्रिवि र पोखरा विश्वविद्यालयसँग सहकार्यको सम्झौता गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्