१४ असार २०८३, आइतबार

माछा बेचेर घरको गर्जो टार्दै

माछा बेचेर घरको गर्जो टार्दै
फाइल फोटो

मुग्लिङ – पृथ्वी राजमार्ग अन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल ।

उनी यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्छन् ।

उनका ग्राहक भनेका राजमार्गमा गुड्ने तिनै सवारी साधनका यात्रु हुन् । माछा झुण्ड्यार उभिएको देखेपछि सवारीसाधन रोकेर ग्राहकले माछा किन्ने गर्छन् ।

उनको कमाइ दैनिक १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म हुन्छ । यही कमाइले उनको घरको गर्जो टर्दै आएको छ । उनको परिवारमा बुबा–आमा, पत्नी र २ छोरी गरी ६ जना छन् । ६ जनाको पालनपोषण यही राजमार्गमा दिनभर उभिएर माछा बेची गर्दै आएको उनले बताए ।

‘१८ वर्षदेखि यही राजमार्गमा माछा बेचेरै घरको गर्जो टार्दै आएको छु, दैनिक १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म कमाइ हुन्छ,’ उनले भने । राजमार्गमा माछा बेचेरै जसोतसो घरको गर्जो टार्दै आएकाले उनले हालसम्म विदेश जाने सोच बनाएका छैनन् ।

उनले भने, ‘विदेश जान पनि खासै राम्रो सीप छैन, गतिलो कमाइ हुने जागिर पाउँदैन, ऋण गरेर जानुपर्ने हो, यसैबाट घरखर्च टरेको छ, विदेश जाने सोच बनाएको छैन ।’

माछा व्यापार गर्दा लगानी गर्न नपर्ने उनको भनाइ छ । रामेछाप घर भई हाल धादिङको मलेखुमा परिवारसहित बस्दै आएका रामचन्द्र मगर पनि राजमार्गमा माछा बेच्दै आएको ४ वर्ष भयो । उनी पनि माछा बेचेरै घर खर्च टार्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्