२५ असार २०८३, बिहीबार

चीनलाई लक्षित गर्दै अरुणाचलमा भारतको युद्धाभ्यास

चीनलाई लक्षित गर्दै अरुणाचलमा भारतको युद्धाभ्यास

काठमाडौं – भारतीय सेनाको माउन्टेन स्ट्राइक कोरले अक्टोबर महिनामा वायुसेनासँग मिलेर अरुणाचल प्रदेशमा युद्ध अभ्यास आयोजना गर्नेछ ।

चीन सीमामा जोडिएको क्षेत्रमा युद्धको स्थितिमा गरिने सरहकै सैन्य तैनाथी गरिनेछ । नवगठित १७ माउन्टेन स्ट्राइक कोरले पहिलोपटक युद्धाभ्यास गर्न लागेको हो । ईस्टर्न कमान्ड अन्तर्गत यो कोर विगत ६ महिनादेखि युद्धाभ्यासको तयारी गरिरहेको छ । 

सेनाका उच्चपदस्थ स्रोतहरूले बताए, ‘वार गेम्समा तेजपुरका ४ टुकडीहरू आआफ्ना इलाकाको रक्षाका लागि उच्च स्थानहरूमा तैनाथ गरिनेछन् भने वायुसेनाका १७ माउन्टेन कोरका २५ सयभन्दा बढी सैनिकले उनीहरूलाई माथिबाट आक्रमण  गर्नेछन् ।’

एयरफोर्स १७ माउन्टेन स्ट्राइक कोरका सैनिकहरूलाई सी–१७, सी–१३० जे सुपर हर्क्युलिस र एन–३२ जस्ता आधुनिक विमानबाट एयरलिफ्ट गरिनेछ । ती सैनिकहरूलाई पश्चिम बंगालको बागडोगराबाट अरुणाचल प्रदेशको काल्पनिक युद्धक्षेत्रमा लगिनेछ । युद्धाभ्यासमा ट्यांकहरू, पैदल सेनाका वाहन, हल्का होवित्जर तोपहरू अनि अन्य घातक हतियारहरूको उपयोग गरिनेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्