२३ जेठ २०८३, शनिबार

इन्कग्निटो मोडमा ‘रमाइलो’ फिल्म हेर्ने गर्नुभएको छ ? फँसिएला नि !

कात्तिक २०, २०७४
इन्कग्निटो मोडमा ‘रमाइलो’ फिल्म हेर्ने गर्नुभएको छ ? फँसिएला नि !

काठमाडौं — आजकल गूगल क्रोममा इन्कग्निटो मोड प्रयोग गरेर मानिसहरू ‘रमाइलो’ फिल्म हेर्ने गर्छन् किनकि यो मोडमा सर्च गरिएको कुरा निजी हुन्छ । इन्कग्निटो ट्याबले ब्राउजिङ हिस्ट्री स्टोर नगरी सबै डिलिट गरिदिने हुनाले मानिस ढुक्क हुन्छन् ।


तर यो भ्रम हो । इन्कग्निटोमा सर्च गरिएको कुराको तपाईंलाई बाहेक अरूलाई थाहा हुँदैन र तपाईंको क्रियाकलाप गूगलले वास्ता गर्दैन भन्ने लाग्छ भने त्यो गलत हो ।

इन्कग्निटो मोडमा सर्च गर्दा अन्य सय ट्याब्स खोल्दा गूगलको सामान्य ट्याब काउन्टरको ठाउँमा स्माइली वा विंक देखिन्छ । गूगलले ‘म तिम्रो क्रियाकलाप हेरिरहेका छु है’ भन्ने संकेत दिएको हो ।

तर गूगलले पोर्नका लागि मात्र स्माइली र विंक प्रयोग गर्छ कि गर्दैन थाहा छैन । गूगलले प्रत्येक गतिविधि रेकर्ड गरिदिन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्