०८ असार २०८३, सोमबार

आइजीपी नियुक्तिबारे देउवा भन्छन्ः कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ

कात्तिक २०, २०७४
आइजीपी नियुक्तिबारे देउवा भन्छन्ः कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ
विराटनगर, १८ चैत- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली काँग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चहाँदैन ।”

मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,“पार्टीभन्दा जनतानै निर्वाचनका लागि बढी तयार छन् ।”

प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा पत्रकारको जिज्ञासामा सर्वोच्च अदालतले कसैको नाम किटेर नभनेको उल्लेख गर्दै उहाँले यसमा कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ ।” रासस
 

salt training

कमेन्ट गर्नुहोस्