०३ असार २०८३, बुधबार

पाइलटले कन्ट्रोल प्यानलमा कफी पोखेपछि विमानको आकस्मिक अवतरण

पाइलटले कन्ट्रोल प्यानलमा कफी पोखेपछि विमानको आकस्मिक अवतरण

काठमाडौं – जर्मनीबाट मेक्सिको गइरहेको एक यात्रुवाहक विमानका चालकले ककपिटको कन्ट्रोल प्यानलमा झुक्किएर कफी पोखेपछि आकस्मिक अवतरण गराउनुपरेको छ । 

विमान आन्ध्र महासागरमाथि उडिरहेको बेलामा अचानक फर्किएर आयरल्यान्डमा ओराल्नुपरेको थियो । 

तातो कफीले अडियो कन्ट्रोल प्यानल क्षतिग्रस्त बनाएको र यसले गर्दा तार जलेको गन्ध आएको अनि धूवाँ उडेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

घटना फेब्रुअरी महिनाको ६ तारिखमा भएको र त्यसको अनुसन्धान प्रतिवेदन बल्ल आएको हो । 

जर्मनीको फ्र्यांकफर्टबाट मेक्सिकोको क्यानकनका लागि उडेको कोन्डर एयरलाइन्सको एयरबस ए३३० विमान श्यानन विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो । 

पाइलटले ढकनी नभएको कफीको कप ट्रे टेबलमा राखेका थिए । कप होल्डरको साटो उनले खतरनाक तरिकाले कफी राखेका थिए । 

कफी पोखिएर अडियो बिग्रेपछि पाइलटहरूले एयर ट्राफिक कन्ट्रोलरसँग संवाद गर्न नसकेको हवाई दुर्घटना अनुसन्धान शाखाले बतायो । 

पछि धूवाँ आउन बन्द भयो र आगो लागेन । ११ जना विमान कर्मचारी र ३२६ जना यात्रुलाई कुनै चोटपटक लागेन । 

विमान निर्धारित रूटबाट डाइभर्ट हुँदा एयरलाइन्सलाई १४ लाखदेखि ११ करोड रुपैयाँसम्म घाटा लाग्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्