०३ असार २०८३, बुधबार

विमानमा अपान वायु रोक्नका लागि कानून ल्याउन सांसदको माग

विमानमा अपान वायु रोक्नका लागि कानून ल्याउन सांसदको माग

काठमाडौं – केन्याली सांसद लिलियन आचिएङ गोगोले विमानहरूमा यात्रुले पाद्ने समस्या रोक्नका लागि कानून ल्याउनुपर्ने माग गरेकी छन् । पादका कारण उडानमा असहजता र असुरक्षा समेत बढेको उनको विश्वास छ । 

विमानमा हुने कसूर रोक्नका लागि कानून संशोधनको विषय संसदमा बहस भइरहेको बेलामा गोगोले धारणा राखेकी हुन् । 

अघिल्लो महिना मात्र केन्याको होमा बे काउन्टी सभामा एक विधायकले सहकर्मीलाई पादेर हावा बिगारेको आरोप लगाएपछि झगडा भएको थियो । 

पश्चिमी केन्याको रांग्वे निर्वाचन क्षेत्रकी सांसद गोगोले भनिन्, ‘विमानमा पादको समस्या ठूलो छ र यसलाई प्रायः बेवास्ता गर्ने गरिन्छ । यसलाई व्यवस्थापन गरिएन भने उडानका क्रममा असहजता र असुरक्षा आउँछ ।’

उनले पाद रोक्ने औषधिहरू यात्रुहरूलाई दिनुपर्ने सुझाव दिइन् । 

पाद छोड्दाखेरी विमानको वातावरण बिग्रने र यात्रुहरू एकअर्कासँग झगडा गर्न तम्सिने सम्भावना रहने उनको भनाइ छ । 

केही यात्रीले उडानका क्रममा अत्यधिक रक्सी पिउने गरेको पनि समस्याका रूपमा रहेको उनको भनाइ छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्