२२ जेठ २०८३, शुक्रबार

रोल्पा पहिरोमा पुरिएका २ जनाको शव फेला, ४ जना अझै बेपत्ता

रोल्पा पहिरोमा पुरिएका २ जनाको शव फेला, ४ जना अझै बेपत्ता

रोल्पा– अविरल वर्षासँगै गएराति गएको पहिराेबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिराेमा परी पुरिएका  ६ मध्ये २ जनाको शव फेला परेको छ ।     

पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उनका चार वर्षीय छोरा असल बुढामगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। 

पहिरामा ४० वर्षीय जय बुढा, उहाँकी श्रीमती मूलज्योति बुढा र उनीहरुका दुई छोरीसमेत चार जना अझै बेपत्ता छन् । इलाका प्रहरी कार्यालय थबाङको एक टोलीले उद्धारको काम गरिरहेको बताइएको छ ।

उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाटसमेत थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए।

पहिरामा परी दुई घर र केही गोठ पनि पुरिएका बताइएको छ । पहिरामा गाई भेडाबाख्रा पुरिएका हुनसक्ने स्थानीय मौसम रोकाले जानकारी दिए।  
 

salt training

कमेन्ट गर्नुहोस्