
एजेन्सी- कुनैपनि देशका लागि यातायात सबैभन्दा सुगम तथा अत्यवश्येक साधन हो । यस मध्येकै एउटा सवारी साधन हो रेल ।
जसलाई सहज तरिकाले सञ्चालन गर्नको लागि ठूला मानिसहरुको आवस्येक हुन्छ । मानिसहरुले रेल पूर्वनियोजित प्लानमा यो काम गर्ने गर्छन् किनभने रेल चलाउनु सानो कुरा भने पक्कै होइन । तर बिश्वमा एयटा यस्तो देश पनि छ, जहाँ साना बच्चाहरुले यसको पुरै जिम्मेवारी लिएका छन् ।
के गर्छन् बच्चाहरु ?
युरोपको एक देश हंगेरीको राजधानी बुडापेस्ट भन्दा माथि रहेको पहाडको जंगलमा एउटा रेल्वे स्टेशन छ । जसलाई वुड्ल्याण्डको गहिरो जंगलले घेरेको छ ।
तर यहाँको सबैभन्दा अचम्म गर्ने कुरा भनेको यो रेल्वे स्टेशनको पुरा जिम्मेवारी बच्चाहरुले लिएका छन् । सबैतिर बेचिने टिकट,डीजल,इञ्जिन र सिग्नल गार्ड जस्ता कुराहरु सबै बच्चाहरुले हेर्ने गर्छन् ।
गएको वर्षमात्र यहाँको रेल्वे स्टेशनले ७० औँ वार्षिकोत्सव मनाएको छ । यस कार्यक्रममा बच्चाहरु आफ्नो ड्रेस लगाएर कार्यक्रममा उपस्थित भएको तस्बिर अहिले सामाजिक सञ्जनलमा भाइरल भइरहेको छ । सबैले बच्चाहरुले रेल्वे स्टेशनमा कुशलता पूर्वक टिकट बेचेको देखेर सबै छक्क परे । बच्चाहरु ट्रेन चेक गर्छन्, स्टेशनबाट ट्रेन निस्कने बेला उनीहरु सबैलाई सलाम गर्छन् ।