०२ असार २०८३, मंगलबार

बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग, माइतीघरमा धर्ना तथा विरोध प्रदर्शन

बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग, माइतीघरमा धर्ना तथा विरोध प्रदर्शन

नेपाली काङ्ग्रेसले जागरण अभियानका क्रममा बाँकेका जिल्ला सभापतिलगायत कार्यकर्तामाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गर्दै आज माइतीघरमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । 

नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरले आयोजना गरेको कार्यक्रममा
 काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकको नागरिकको सुरक्षा गर्ने जिम्मा सरकारको भए पनि सरकार आफै घटना घटाउन उद्दत रहेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसको कार्यक्रममाथि सत्तारुढ दलले नै दमनको नीति लिएको भन्दै विरोध स्वरुप आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले काङ्ग्रेस माथि भएको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएकाले दोषीलाई कारवाही नगरे काङ्ग्रेसले देशभर आन्दोलन गर्ने बताउनुभयो । 

यसैबीच काङ्ग्रेस तीनै जिल्लाका सभापतिले आज बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनामा सङ्लग्नलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्