३१ जेठ २०८३, आइतबार

भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने

भदौ २९, २०७६
भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने

काठमाडौँ। वर्षामा भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने भएको छ । असोज ५ गतेबाट दशैँ, तिहार र छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ खुलाएका यातायात व्यवसायीले सडक मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले तत्काल मर्मत गर्न लागेको हो ।
विभागका प्रवक्ता शिवहरि सापकोटाले भने “वर्षाले भत्किएका राजमार्गको मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ, असोज १० गतेभित्रै सम्पन्न गर्ने गरी काम थालिएको छ ।” यातायात व्यवसायीले सडकको अवस्था कमजोर रहेकाले तत्कालका लागि पहिरो हटाउने र खाल्डाखुल्डी पुर्ने काम गर्न माग गरेका हुन् ।गाेरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्