२१ असार २०८३, आइतबार

साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि बढ्यो कच्चा तेलको मूल्य

साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि बढ्यो कच्चा तेलको मूल्य

काठमाडौं – साउदी अरबको तेल प्रशोधन केन्द्रमा शनिवार ड्रोन आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १० प्रतिशतले बढेको छ । 

सोमवार एसियाली बजारहरूमा आरम्भिक कारोबारमा मूल्यवृद्धि देखियो र यसको असर संसारभरि पर्न सक्छ । आक्रमणका कारण संसारको सबभन्दा ठूलो कच्चा तेल उत्पादकको आपूर्ति लगभग आधा भएको छ र मूल्य बढेको छ । 

ड्रोन आक्रमणमा परेका प्रशोधन केन्द्रहरूमा ५७ लाख ब्यारल कच्चा तेल दिनदिनै उत्पादन हुने गर्थ्यो र त्यो अहिले ठप्प छ । साउदी अरबको कुल उत्पादनको लगभग आधा र वैश्विक कच्चा तेल आपूर्तिको ६ प्रतिशत भाग यस प्रशोधन केन्द्रले ओगट्छ । यसकारण संसारभरि आपूर्ति घट्ने र मूल्य बढ्ने खतरा बढेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्