काठमाडौं, १८ चैत–उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भेट गरेका छन् ।
शुक्रबार भारतीय राजदूत पुरी उपराष्ट्रपतिसँग भेटवार्ताका लागि बहादुरभवन पुगेका हुन् । भेटमा उपराष्ट्रपति पुन र राजदूत पुरीबीच नेपाल भारत सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था बारे छलफल भएको थियो ।
भेटवार्तामा उपराष्ट्रपति पुनले नवनियुक्त राजदूत पुरीको सफल कार्यकालको शुभकामना दिएका थिए ।त्यस अवसरमा भारतीय राजदूत पुरीले ‘इण्डियाः अ विलियन कलर्स’ नामक पुस्तक हस्तान्तरण गरेका थिए ।