
काठमाडौं – कजाखस्तानमा रेलवे लीगमा अड्किएको बसमा आएर ट्रेन ठोकिँदा बसचालकको मृत्यु भएको छ भने नौजना यात्री घाइते भएका छन् ।
बसचालकले चेतावनीका संकेतहरू बेवास्ता गरेको प्रत्यक्षदर्शीहरूले बताए । उनले बसलाई रेलको ट्य्राकमा पुर्याएका थिए ।
धन्य ५७ यात्रीहरूलाई चोटपटक लागेन किनकि चालकले पछाडिका ढोका अन्तिम अवस्थामा खोले र यात्रीहरूलाई बसबाट निस्कन भने ।
अधिकांश यात्रीहरू भाग्न सफल भए तर अन्यले चाहिँ खतराको बारेमा थाहा पाएनन् र ढिलो निस्के, प्रत्यक्षदर्शीहरूले बताए ।
भिडियो फूटेजमा ट्रेन चालकले बेस्सरी हर्न बजाएको तर बस नहटेपछि ठोकिएको देखिन्छ ।
ट्रेन गएर बसको अघिल्तिरको भागमा जोतिन्छ । बस एकातिर सोहोरिन्छ अनि ट्य्राकमा लतारिन्छ ।
ट्य्राकछेउमा गाडी रोकेका चालकहरू कारबाट निस्कन्छन् र दुर्घटनास्थलमा पुगेर सहायता गर्न खोज्छन् ।
बस चालककी पत्नी कन्डक्टर भएको र उनी बचेको तर पति मरेको हेर्न उनी बाध्य भएको बताइएको छ । उनीहरूका चारजना छोराछोरी छन् ।
दुर्घटना आइतवार बेलुका ७ः२० मा भएको सरकारी अधिकारी रस्लान इमानकुलोभले बताए ।
ट्रेनका यात्रीलाई कुनै चोटपटक नलागेको बताइएको छ ।
घटनाको अनुसन्धान शुरू गरिएको छ ।
एजेन्सी