
काठमाडौं – थाइल्यान्डको कुख्यात टाइगर टेम्पलबाट उद्धार गरिएका आधाभन्दा बढी बाघको मृत्यु भएको छ । उक्त मन्दिरले बाघ तस्करी गर्ने गरेको आरोप लागेपछि बन्द गरिएको थियो ।
अधिकारीहरूले राजधानी बैंककको पश्चिमी भागमा रहेको मन्दिरबाट लगभग १५० वटा बाघ बरामद गरेका थिए । वन्यजन्तु तस्करी रोक्न व्यापक रूपमा दबाब परेपछि बाघ उद्धार गरिएको थियो ।
त्यतिखेर छापा मार्दा अधिकारीहरूले मृत डमरुहरू फ्रीजरमा राखिएको अनि अन्य डमरुलाई जारमा खाँदिएको पाए ।

उक्त मन्दिर जाने पर्यटकहरूले बाघहरूसँग सेल्फी खिच्थे र डमरुहरूलाई बोतलबाट दूध पिलाउँथे । तर मन्दिरका मान्छेले बाघका अंग कालोबजारी गर्ने गरेको थाहा पाएपछि मन्दिर विवादमा परेको थियो ।
१४७ वटा बाघ बरामद गरिएकोमा ८६ वटाको मृत्यु भएको छ ।
बाघहरूलाई नियन्त्रणमा राखिएपछि कमजोर भएका थिए र उनीहरूको स्वास्थ्य बिग्रँदै गएको थियो ।
नियन्त्रणभित्र बाघहरूलाई लालनपालन गरिएकाले उनीहरूको रोगप्रतिरोधक क्षमता कमजोर बनेको थियो र उनीहरू ल्यारिन्जियल टंग डिजीज नामक भाइरल रोग लागेको थियो ।
उक्त मन्दिरले आफूलाई वन्यजन्तुको आरक्षण केन्द्रका रूपमा प्रचार गरेको भए पनि उसले वन्यजन्तु तस्करी र दुर्व्यवहार गरेको आशंका गरिएपछि अनुसन्धान थालिएको थियो ।
एजेन्सी