०३ असार २०८३, बुधबार

सामसङको 'सामसङ आयो, खुसी छायो' याेजना, सामान किन्दा छुटैछुट

सामसङको 'सामसङ आयो, खुसी छायो' याेजना, सामान किन्दा छुटैछुट

काठमाडौं–सामसङ इलेक्ट्रोनिक्स् कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरि “सामसङ आयो, खुसी छायो” योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत कम्पनीले सामसङ टिभि, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुको खरिदमा विशेष छुट प्रदान गर्नेछ । 

साथै आफ्ना टिभिहरुमा २ वर्षको वारेन्टी, डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी ब्यापार प्रा.लि.का आधिकारिक डिलर नेटवर्क अन्तर्गतका वितरकहरू मार्फत रहने यस योजना कार्तिक २९ गतेसम्म रहने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्