२० असार २०८३, शनिबार

पशुपति-सम्झनाको 'कान्छी बुहारी' सार्वजनिक [भिडियो]

पशुपति-सम्झनाको 'कान्छी बुहारी' सार्वजनिक [भिडियो]

काठमाडौं-गायक पशुपति शर्माले दशैंतिहार गीत 'कान्छी बुहारी' सार्वजनिक गरेका छन् ।

गीतमा पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको छ । त्यस्तै अभिनयमा पनि शर्मा-भण्डारी नै देखिएका छन् । 

फरक शैलीका गीतमा अब्बल देखिएका पशुपतिको यो गीतलाई पनि दर्शक/स्रोताले उत्तिकै मन पराइरहेका छन् । गीतलाई लिएर राम्रो प्रतिक्रियासमेत आइरहेको छ । 

शर्माको लय तथा शब्द रहेको गीतलाई कृष्ण बिकले एरेञ्ज गरेका हुन् । 

भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् । कोरियोग्राफी भने गिर्मन सोहन कुमालको रहेको छ । 

भिडियो हेर्नुहोस् : 

salt training

कमेन्ट गर्नुहोस्