
काठमाडौं – एक व्यक्तिले न्युयोर्कको न्यु रोशेलमा रहेको ट्रम्प प्लाजाको लब्बीमा लगेर कार जोतेका छन् । त्यसले गर्दा धेरै मानिस घाइते भएका छन् ।
कार जोतेपछि उनी त्यसबाट निस्किए अनि केही नभएजस्तो गरी सोफामा गएर बसे । चारैतिर फुटेको शीशाका टुक्रा थिए ।
ती व्यक्तिले कालो सेडानलाई ४० तल्ले विलासी घरमा मंगलवार राति लगेर जोतेको अनि भवनमा निकै क्षति पुर्याएको र कैयौंलाई घाइते बनाएको बुझिएको छ ।
एक शब्द पनि नबोली उक्त व्यक्ति सोफामा बसिरहे । उनी घाइते भएको प्रहरीले बताएको छ । अधिकारीहरूसँग भने उनले कुरा गरेका थिए । लब्बीमा रहेका मानिस दुर्घटनापछि घाइते भए तर कसैलाई पनि ठूलो चोटपटक लागेन ।
उनले जानीजानी कार जोतेका हुन् कि झुक्किएर भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
#BREAKING: A car has crashed into the lobby of Trump Plaza in New Rochelle, New York.
-The suspect got out of the car and sat on a sofa in the lobby in silence.
-Several injuries but none are life-threatening.
-Unknown if intentional or accidental.pic.twitter.com/l8VQamtSEd— Alex Salvi (@alexsalvinews) September 18, 2019
एजेन्सी