काठमाडौं – सरकारले डेंगु नियन्त्रणमा काम नगरेको भन्दै सत्तारुढ नेकपाका सांसद्ले लामखुट्टेश्वर महादेवको स्थापना गरेर शरण पर्न सुझाव दिएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिएपछिको प्रश्नोत्तरका क्रममा नेकपाका सांसद् विरोध खतिवडाले लामखुटेश्वर महादेव स्थापना गरेर अभियान चाल्न सुझाव दिएका हुन् ।
‘हाम्रो देशमा अरूले नभएपछि देवी देवता गुहार्ने प्रचलन छ, २०४८ सालमा संसद् सचिवालय परिसर संसदेश्वर महादेव स्थापना गरिएको छ, संसद्मा केही नहोस् भनेर । मेरो निर्वाचन क्षेत्रमा लटरम्मेश्वर महादेवको स्थापना गरिएको छ, फलफूल लटरम्म फलोस् भन्नका लागि । सन्तान नहुनेका लागि सन्तानेश्वर महादेव छ,’ खतिवडाले भने, ‘डेंगु नियन्त्रण गर्नका लागि अब लामखुट्टेश्वर महादेव स्थापना गरेर अभियान चाल्ने कि ?’