
काठमाडौं – उत्तर कोरियाले यो वर्ष सकिँदासम्म ४० वटा आणविक हतियार बनाउन सक्ने अनुसन्धाताहरूले दाबी गरेका छन् ।
स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका ड्यान स्मिथले अमेरिकासँग निःशस्त्रीकरण वार्ता थालेपछि पनि किम जोङ–उनले आणविक हतियार बनाउन नछोडेको आफ्नो अनुसन्धानले देखाएको बताए ।
ट्रम्पले गत फेब्रुअरी महिनामा भियतनाममा शिखर सम्मेनलका क्रममा आणविक हतियार त्याग्न किमलाई विश्वस्त तुल्याउने अपेक्षा थियो तर उत्तर कोरियाले अमेरिकी प्रतिबन्ध हटे मात्र निःशस्त्रीकरणको बाटोमा जाने भनेपछि वार्ता त्यत्तिकै टुंगिएको थियो ।
किमले यथाशीघ्र वार्ता पुनः सुचारु गर्न नत्र कहिले पनि सम्झौता वार्ता नगर्ने बताएका थिए ।
उनले छोटो दूरीका रकेट र क्षेप्यास्त्रहरू परीक्षण गरिरहेका छन् ।
तर उनले लामो दूरीको हतियार परीक्षण गरेका छैनन् ।
एजेन्सी