२५ असार २०८३, बिहीबार

चीनले ल्यायो तीव्र गतिमा उड्ने जासूसी ड्रोन, अमेरिकी भूमिमा मार हान्न सक्ने क्षमता

चीनले ल्यायो तीव्र गतिमा उड्ने जासूसी ड्रोन, अमेरिकी भूमिमा मार हान्न सक्ने क्षमता

काठमाडौं – चीनले सैन्य परेडमा सार्वजनिक गर्ने गरी अतिगोप्य सुपरसोनिक जासूसी ड्रोन उजागर गरेको छ । 

वुझेन–८ नामक उक्त ड्रोन अमेरिका नियन्त्रणको भूमि गुआम पुग्न सक्छ । 

चीनको राष्ट्रिय दिवस सैन्य परेडमा अभ्यासका क्रममा मानवरहित ड्रोन देखाएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

उक्त परेड चीनको सैन्यशक्तिको सबभन्दा ठूलो प्रदर्शन बन्न लागेको छ र त्यो असोज १४ गते हुँदैछ । कम्युनिस्ट शासन शुरू भएको ७० वर्षका उपलक्ष्यमा परेड गर्न लागिएको हो । 

त्यसमा देशको अत्याधुनिक हतियार प्रदर्शन गरिनेछ । 

दक्षिण चीन सागर वा पश्चिमी प्रशान्तमा लडाईं भएमा अमेरिकी सेनासँग लड्नका लागि बेइजिङले वुझेन–८ बनाएको हो । 

जनमुक्ति सेनाले यो खोजी ड्रोन केही समयदेखि प्रयोग गरिरहेको एक विज्ञले बताए । 

तर यसका बारेमा सार्वजनिक जानकारी एकदमै कम छ र चीनले यसको कुनै पनि तस्वीर सार्वजनिक गरेको छैन । 

ड्रोनको पहिलो परीक्षण सन् २०१५ मा गरिएको विश्वास छ । चाइना एभिएसन न्युजले एक समाचारमा यो ड्रोन केही घन्टाका लागि उडेको लेख्यो । यसको अर्थ यो लामो दूरीको जासूसी ड्रोन हुनुपर्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्