०८ असार २०८३, सोमबार

दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरिसकेका डोनाल्ड ट्रम्पले गरे नयाँ सुरक्षा सल्लाहकार नियुक्त

असोज १, २०७६
दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरिसकेका डोनाल्ड ट्रम्पले गरे नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वाशिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको छ ।

    केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गर्नुभएको हो । 

    “मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ । 

    गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाउनु भएको थियो । 

    राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गर्नुभएको छ भने कतिपयले उहाँसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्