१४ असार २०८३, आइतबार

डीभी,पीआर भएका ७३ कर्मचारी भेटिए

कात्तिक २०, २०७४
डीभी,पीआर भएका ७३ कर्मचारी भेटिए
काठमाडौं, १९ चैत – सरकारको प्रशासनिक सेवातर्फका ७३ निजामति कर्मचारीहरू अन्य मुलुकको डीभी/पीआर तथा ग्रीन कार्ड लिएको भेटिएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार त्यसमध्ये ३४ जना कर्मचारीले ग्रीन कार्ड त्यागिसकेका छन् । निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम आफ्नो वा परिवारका सदस्य (श्रीमान वा श्रीमती) डिभी, पीआर वा ग्रीन कार्ड प्राप्त कर्मचारीहरूलाई सरकारले दुई वर्ष अघिदेखि कारवाही थालेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अन्य मुलुकका डिभी, पीआर र ग्रीन कार्ड बोकि नेपालको कर्मचारी संयन्त्र चलाउनेहरूलाई हटाउने गरि निजामती सेवा ऐनमा संशोधन गरेर ‘जागिर वा डीभी/पीआर/ग्रीन कार्ड’ परित्याग गर्ने अभियान थालेका थिए ।

सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले संसदको राज्य व्यवस्था समितिमा शुक्रबार हालसम्मको विवरण पेश गरेका थिए । मन्त्रालयका निमित्त सचिव महेश्वर न्यौपानेले हालसम्म डीभी/पीआर त्या गर्न चाहेका तर त्यागेको विवरण प्राप्त नभएको ६ जना, डीभी/पीआर नछाडी जागिर छाडेर गएका १६, डिभी/पीआर भएको घोषणा गरेको तर त्यागे/नत्यागेको विवरण प्राप्त नभएका तथा डीभी/पीआर के हो नखुलेका तर यस अवधिमा राजीनामा गरेका ४ जना भएको जानकारी दिए ।

सांसद गंगालाल तुलाधरले बाहिर हल्ला भएको भन्दा डीभी/पीआर लिने कर्मचारीको संख्या बढी भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्