०५ असार २०८३, शुक्रबार

जंगली च्याउ खाएर परिवारका सदस्य अस्पताल भर्ना

जंगली च्याउ खाएर परिवारका सदस्य अस्पताल भर्ना

झापा – जिल्लाको कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा बिरामी भएर परिवारका सदस्य अस्पताल भर्ना भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधवार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका २ छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए ।

सोही च्याउको तरकारी खाएका छिमेकीहरू ७१ वर्षीय दुर्गा जिमी राई र निजकी पत्नी ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई शुरूमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो तर अवस्था गम्भीर भएको जनाउँदै थप उपचारका लागि उनीहरूलाई बुुधवार राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्