२५ असार २०८३, बिहीबार

संविधानप्रति असन्तुष्टि जनाउँदै राजपाले संसद्‍बाटै दियो यस्तो चेतावनी

संविधानप्रति असन्तुष्टि जनाउँदै राजपाले संसद्‍बाटै दियो यस्तो चेतावनी

काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्षमण्डलका एक सदस्य राजेन्द्र महतोले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने चेतावनी दिएका छन् । 

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महतोले संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै जनताले उत्साहपूर्वक संविधान दिवस मनाउने अवस्था नआएको टिप्पणी गरे । 

'भोलि दिपावली होइन, ब्ल्याक आउट गर्ने हो,' महतोले आक्रोशित हुँदै भने, 'यो देशका मधेसी, जनजाती, थारू, दलितले ब्ल्याक आउट गर्छ । देशका ७० प्रतिशत जनताले संविधान दिवस मनाउन चाहिरहेको छैन । सबैलाई राष्ट्रघाति घोषणा गर्दिने ?'

महतोले सरकारले आफ्नो पीठ आफै थपथप्याएको आरोप लगाए । 'मैले बडा राम्रो संविधान बनाएको छु भन्ने अनि आफ्नो पिठ आफै थपथप्याउने के छाला हो ?' आक्रोशित मुद्रामा महतोले भने, 'हाम्रो पनि हक होइन र संविधान दिवस मनाउने ? त्यो संविधान हाम्रो पनि होइन र ? खै हामीले संविधान दिवस मनाउने वातावरण तयार गरेको ?'

salt training

कमेन्ट गर्नुहोस्