१७ असार २०८३, बुधबार

नेपाल टेलिकमले थप गर्‍यो १३ देशमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले थप गर्‍यो १३ देशमा डाटा रोमिङ सेवा

काठमाडौं – गत भदौ २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः सञ्चालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ देशमा विस्तार गरिएको छ ।

संविधान दिवसको अवसरमा शुक्रवार २०७६ असोज ३ गतेदेखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने छ । 

अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अस्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन् । कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन् । 

हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।

केही समयभित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशमा पनि विस्तार गर्दै लगिने छ । यो सेवा सम्बन्धी अन्य जानकारी वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।

नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकलाई लक्षित गरी ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ वैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि २ छिमेकी मुलुक भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्