१३ असार २०८३, शनिबार

स्थानीय चुनावका लागि गन्धर्व समूदायमा उत्साह

कात्तिक २०, २०७४
स्थानीय चुनावका लागि गन्धर्व समूदायमा उत्साह

पाल्पा, १९ चैत– नयाँ संरचनाअनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले पाल्पाका गन्धर्व समुदाय उत्साहित भएका छन् ।

राज्यका नीति निर्माण तहमा अतिन्यून सहभागिता रहेको यो समुदाय निर्वाचनपछि स्थानीय तहबाट आफ्नो समुदायको हितमा काम हुने आशा र विश्वासमा छ ।

करिब २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुननसक्दा जनताका काम सोचे अनुसारको हुन नसकेको र पहँुचवालाले मात्र योजना पारेको र दलका नेताले आफू अनुकूलका योजना निर्माण गरी रकम खर्च गर्ने गुनासो बढेको बेला निर्वाचन नजिकिँदा महिला, दलित, जनजातिमा उत्साह ल्याएको हो ।

तानसेन नगरपालिका– ६ का दिनेश गन्धर्वले पहिलोपटक स्थानीय तहमा मतदान गर्ने अवसर पाउने भएपछि खुसी छन् । उनी लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा कर्मचारीको भरमा मात्र स्थानीय निकायको नेतृत्वले न्यायोचित रुपमा विकासको लहर ल्याउन नसकेको र दलित समुदायको बजेट अन्यत्र खर्च भएकाले अब आफू नै वडाध्यक्ष बनेर समुदायको हितमा काम गर्ने सोचमा पनि छन् ।

तानसेन नगरपालिका– ६ का ५६ वर्षीय रामबहादुर गन्धर्वले यसपालिको निर्वाचनमा आफूले चिनेको राम्रो काम गर्नेसक्ने क्षमता भएको उम्मेदवारले मात्र मत पाउने बताए । पटक/पटक मतदान गरे पनि अहिले पार्टीको नेता भन्दा राम्रो काम गर्ने क्षमतावान मान्छेले मत पाउने छ ।

पाल्पा जिल्लाका– २ नगरपालिका र ८ गाउँपालिकामा ८१ वटा वडाबाट जनप्रतिनिधि निर्वाचन हुनेछन् । यसपालिको निर्वाचनमा दलित महिला एकजना, महिला एकजना, खुल्लामा दुईजना र एकजना वडाध्यक्ष दलहरुले उम्मेदवारी दिनुपर्ने बाध्यताको कारण पनि दलित महिलामा गन्धर्व समुदायको प्रतिनिधित्व हुने सम्भावना देखिएको छ ।

गन्धर्व समुदायका पुरुषको यसपालिको निर्वाचनले स्थानीय तहमा प्रतिनिधित्व चुनिने सम्भावना बढेको छ । २०६८ सालको जनगणनाअनुसार ९८ पुरुष र ९५ महिला गरी कुल पाल्पाको तानसेन नगरपालिकाभित्र एक सय ९३ जना र रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित ११ महिला र ११ पुरुष गाउँ र रम्भा गाउँपालिकाको ताहुमा आठ पुरुष र १९ महिला गन्धर्व समुदायको जनसङ्ख्या रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्