मेक्सिकोको सिटी मेट्रो रेलमा जब नयाँ खालको सीट देखियो तब सवै अचम्ममा परे । मानिसहरुले उक्त सिटलाई अनुचित, असुविधाजनक, अपमानजनक तथा लाजमर्दो भएको बताएका छन् । आखिर कस्तो थियो त उक्त सिट ?

मेट्रोभित्र यस्तो सिट बनाइएको छ, जहाँ लिंगसहितको पुरुष आकृति देख्न सकिन्छ । वास्तवमा महिला यात्रीमाथि हुने यौन उत्पीडनलाई ध्यान आकर्षित गर्नका लागि सरकारी स्तरबाट यस्तो डिजाइन गरिएको बीबीसीले जनाएको छ ।
यो सिट पुरुषले मात्रै प्रयोग गर्न पाउने भनेर सूचना टाँसिएको छ । यो सिटमा जो बस्छ उनीहरु लाजमर्दो भएर उठ्छन् ।
यो सिटको बारेमा बनाइएको भिडियोमा पुरुषहरु सिटमा बस्न तर्किएको र महिलाहरु सिटलाई देखेर लज्जित बनेको देख्न सकिन्छ । विगत दश दिनमा सात लाख भन्दा मानिसले यो भिडियो हेरेका छन् । केहीले यस्तो कार्यको तारिफ गरेको भएपनि धेरैले यसालाई लैंगिक विभेद भएको बताएका छन् ।
सिटमुन्तिर लेखिएको सन्देशमा भनिएको छ, ‘यो सिटमा बस्न असहज लाग्छ, तर, महिलाहरुले आफ्नो दैनिक जीवनमा भोग्ने लैंगिक हिंसाको तुलनामा यो केही पनि होइन ।’
मेक्सिको सिटीमा प्रत्येक १० मध्ये ९ महिला कुनै न कुनै प्रकारको यौनहिंसाबाट पिडित रहेकाले सचेतनाका लागि यो विधि अपनाइएको सरकारको भनाइ छ ।
सन् २०१४ मा बेलायतको एक सर्वे कम्पनीले सार्वजनिक यातायातबारे विश्वभर एक सर्वे गरेको थियो जसमा मेक्सिकोको सिटी मेट्रोको अवस्था सवैभन्दा गम्भीर भएको पाइएको थियो ।