१३ असार २०८३, शनिबार

सबै मिलेर निर्वाचन सफल पार्नुपर्छ – नेता आचार्य

कात्तिक २०, २०७४
सबै मिलेर निर्वाचन सफल पार्नुपर्छ – नेता आचार्य
रत्ननगर (चितवन), १९ चैत - नेपाली काँग्रेसका नेता तथा पूर्व वनमन्त्री महेश आचार्यले सबै मिलेर निर्वाचन सफल पार्नुपर्ने बताउनुभएको छ ।Mahesh-Acharya

चितवनको रत्ननगरमा आज काँग्रेसको सङ्गठन सुदृढीकरण तथा जागरण अभियानअन्तर्गत भएको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नमिलेका कुरा आपसी छलफल र सहमतिबाट टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचन सफल पार्नु अहिलेको प्रमुख काम भएको बताउनुभयो ।

अहिले आरोप प्रत्यारोपभन्दा पनि देशमा निकास निकालेर संविधान कार्यान्वयनतर्फ जानुपर्ने बेला भएको उहाँले उल्लेख गर्नुभयो ।

यो अवस्थामा कोही पनि आन्दोलनमा जान नहुने तर्क उहाँको थियो । उहाँले नेपाली काँग्रेस चुनावी रणनीतिमा लागिसकेको भन्दै कार्यकर्तालाई सङ्गठन सुदृढीकरणमा लाग्न निर्देशन दिनुभयो ।

चितवनमा राजनीतिक दलहरुको चुनावी अभियानअन्तर्गत कार्यकर्ता प्रशिक्षण, सङ्गठन सुदृढीकरण, पार्टी प्रवेश, सङ्गठनमा नयाँ कार्यसमिति चयनलगायतका कार्यक्रम जारी छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत दलका नेता कार्यकर्तासमेत गाउँगाउँ गएर चुनावी अभियान चलाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्