३१ जेठ २०८३, आइतबार

'निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँमै'

कात्तिक २०, २०७४
'निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँमै'

गोरखा, १९ चैत - ऊर्जामन्त्री जनार्दन शर्माले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सिंहदरबारमा रहेको अधिकार गाउँमै पुग्ने बताउनुभएको छ ।

सदरमुकाममा आयोजित नेकपा (माओवादी केन्द्र)गोरखा नगरपालिकाको पहिलो सम्मेलनमा मन्त्री शर्माले निर्वाचनले परिवर्तनका मुद्दा संस्थागत गर्ने र सिंहदरबारको अधिकार जनतासमक्ष पु¥याउने बताउनुभयो ।

दलहरुबीच जित, हारको विषयमात्रै नभएर निर्वाचनपछि परिवर्तनका मुद्दा संस्थागत हुने भएकाले निर्वाचनमा जुट्न मन्त्री शर्माले सबैलाई आग्रह गर्नुभयो । संविधान संशोधन गरेर मधेसी जनतालाई पनि निर्वाचनतर्फ लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । मधेसी तथा थारु समुदायको असन्तुष्टि सम्बोधन गर्न सरकार तयार रहेको र सबै दल मिलेर निर्वाचन भएमात्रै संविधान कार्यान्वयन हुने मन्त्री शर्माको भनाइ थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्