२२ जेठ २०८३, शुक्रबार

यसकारण म्यादी प्रहरीको पोसाक अन्योलमा

कात्तिक २०, २०७४
यसकारण म्यादी प्रहरीको पोसाक अन्योलमा
काठमाडौँ, २० चैत -स्थानीय तहको चुनावका लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ । गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा नतिजा प्रकाशन गरी २५ गतेदेखि तालिम सुरु गर्न लागिएको छ । तर, शनिबारसम्म म्यादी प्रहरीको पोसाकको टुंगो लागेको छैन । कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई पोसाक खरिद गर्न समय पुग्ने अवस्था छैन । जसका कारण म्यादी भर्ना लिइरहेका जिल्ला प्रहरी कार्यालयहरू अन्योलमा रहेको खबर नयाँ पत्रिकामा छ |myadi-police_1

‘तालिम अगाडि नै उनीहरूलाई युनिफर्म दिनुपर्छ,’ एक जिल्लाका एसपी भन्छन्, ‘अब पाँच दिन मात्र बाँकी छ, कसरी युनिफर्म दिने केही टुंगो छैन ।’ यस सम्बन्धमा गृह मन्त्रालयले हालसम्म निर्णय गरेको छैन ।
स्रोतका अुनसार उनीहरूलाई ड्रेसकोड तोकेर नगद नै दिई युनिफर्म किन्न लगाउने तयारी भइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले म्यादी प्रहरीको ड्रेस खरिदका लागि समय अभाव भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्