२० असार २०८३, शनिबार

कुलोमा डुबेर भारतीय नागरिकको मृत्यु

कुलोमा डुबेर भारतीय नागरिकको मृत्यु

सर्लाही–जिल्लाको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । 

फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय सुख्ला भन्ने सिकिन्द्र माझीको डुबेर मृत्यु भएको अवस्थामा आज (मंगलवार) बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक मदिरा सेवन गरेका कारण कुलोमा लड्दा पानीमा डुबेर मृत्यु भएको स्थानीयवासी जगजीत पाण्डेले जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्