
काठमाडौं - आगामी अक्टोबर १५-१७ मा काठमाडौं मा हुन गै रहेको एनआरएनए आइसिसिको नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप सयोजक तथा समाजसेवी एवम् बेल्जियमका लाजि पर्यटन बोर्डका मानार्थ पर्यटन दुत शिव कुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद को सचीव पदमा उम्मेद्बारी दिने भएका छन ।
युरोप सयोजक को हैसियतले २ बर्ष कार्यकाल सफलता पुर्बक सम्पन्न गरी आगमी दिनमा एनआरएनएको अभियानलाई अझ समृद्ध र सुदृढ गरि सबै गैरआवासीय नेपाली हरुको अपनत्वो हुने गरी नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो सहयात्रीको रुपमा स्थापित गर्न आफुले एनआरएनको सचीव पदमा उम्मेद्बारी दिन लागेको उहाले बताउनु भएको छ ।
एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै एनआरएनए सस्था प्रति दत्तचित भई लागेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आएका थिए । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७- २०१९ मा एनआरएनए युरोप संयोजक मा निर्बाचित भै हाल युरोप सयोजक को हैसियतले एनआरएनएका बिभिन्न गतिविधिमा प्रत्यक्ष संङ्लग हुदै आएका छन्।
उहाँ युरोप सयोजकमा निर्बाचित भैसके पछि युरोप क्षेत्रमा एनआरएनएको संजाल बिस्तार गर्ने क्रममा माल्टा , स्लोभाकिया जस्ता देश हरुमा एनआरएनको राष्ट्रिय समिती गठन गरी युरोप क्षेत्रमा २८ वटा देशमा एनआरएनए संजाल बिस्तार गर्न उहाँको महत्वपूर्ण भुमिका समेत रहेको थियो । त्यस्तै उहाले आफ्नो कार्यकाल मा २०१८ मा लक्जम्बर्गमा २०१९ मा इटलीमा दुई वटा सफल युरोपियन भेला सम्पन्न समेत गर्नु भएको छ ।
एनआरएनएको उदेश्य अनुरुप २०१८ मा लक्जम्बर्गको प्रथम पटक नेपाल का परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथि को रुपमा आमन्त्रण गरी नेपालमा सीप तथा प्रबिधि र पुजीलाई कसरी नेपाल लैजाने भन्ने बिषयमा छलफल भएको थियो भने यस बर्ष इटलीमा नेपाल सरकारका कानुन मन्त्री , युरोप भरिका राजदुत नेपाली राजदूतहरू, पर्यटन सचिब नेपाल भ्रमण बर्षका सयोजक सुरज बैद्य लगायत सम्पुर्ण एनआरएनएका अभियन्ताहरु को उपस्थितिमा सयौं को सङ्ख्यामा इटलीका नागरिकलाई उपस्थित गराइ नेपाल भ्रमण बर्षको प्रचार प्रसार समेत गराउन सकारात्मक भुमिका निर्वाह गरेका थिए भने भोलिन्पल्ट नेपालका कानुनमन्त्रीको उपस्थितीमा एनआरएनएको गैरआवासीय नेपाली नागरिकता दिने कुरा कानुनमा के भै रहेको छ गैरआवासिय नेपालीले आर्जन गरेको सम्पत्ति अबको कानुनमा के हुने जस्ता बिषयमा छलफल र अन्तरक्रिया समेत गराउन सफल भएका थिए । अन्तरक्रियामा पश्चात एनआरएनएको नागरिकता सम्बन्धी धेरै कुरा अन्यौलमा रहेको बेला कानुनमन्त्री मार्फत प्रष्ट बनाउन सकारात्मक भुमिका निर्वाह समेत रहेका थिए ।
आफ्नो कार्यकालमा एनआरएन आइसिसिले सुरु गरेक हरेक कार्यक्रम देखि एनआरएनएको विभिन्न क्षेत्रमा भएका क्षेत्रीय भेलामा पनि उहाँ प्रत्यक्ष रूपमा सकृय सहभागिता जनाउँदै आएका छन्।
सन २००० मा आफ्नो अध्यनको क्रममा बेल्जियममा पुगेका बरुवाल बेल्जियम पुग्ना साथ बेल्जियममा विभिन्न संघसस्थाको सस्थापक हुँदै हाल बेल्जियम का सबै क्रियाशिल संघ–संस्थाहरुमा उनी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगी बन्दै नेपालीहरूको दुखमा मल्हम लगाउन हरेक क्षेत्रमा सक्रिय रहँदै समाजसेवा नै मानविय धर्म हो भन्दै अहोरात्र खटिदै आएका छन् । एनआरएन र विभिन्न सामजिक सस्था मार्फत उहाँले नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम गरी असल माननिय कार्यमा संलग्न हुँदै आएको बेल्जियमबासीहरू बताउँछन् ।
बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टस्टोर , रेस्टुरेन्ट र यशियन सामाग्रीको होल्शेल स्टोर सफलता पुर्वक सञ्चालन गरेका छन भने हाल बेल्जियमका ब्याबसायीहरुलाई एकताबद्घ बनाउदै सामुहिक रुपमा नेपाल हाइड्रो र कृषि क्षेत्रमा लगानी भित्र्याउन काम समेत अग्रसर हुँदै आएका छन ।

बरुवाल नेपाल पर्यटन बोर्डको बेल्जियमका लागि मानार्थ पर्यटन दुत समेत रहेका ब्यक्ति भने बेल्जियम र युरोपभरी पर्यटन प्रबर्द्धन मा पनि विभिन्न कार्ययोजना बनाएर सकृय भुमिका निभाउदै आएका सामाजिक अभियान्ता समेत हुन् ।
एनआरएनका उदेश्य र क्षेत्रअन्तर्गत सबै ठाउँमा आफुलाई सामाजिक अभियान्ताका रूपमा अब्बल सावित गर्नका लागि बरुवालले आफ्नो जिम्मेवारीलाई माननिय सेवाको रूपमा दत्तचित्त भई लगनशीलताका साथ सम्पन्न गर्दै आएका सफल समाजसेवीको रूपमा स्थापित गर्न सफल भएका बरूवालको गतिविधिलाई नियाल्दै आएकी स्पेनबासी मनिषा लामिछाने बताउँछिन् । आगामी एनआरएनएको कार्यकालको लागि पनि सबैको प्रिय
सक्षम र अब्बल उम्मेद्बारको रुपमा युरोप संयोजक शिव कुमार बरुवाललाई लिईएको युरोपबाट पत्रकारिता गर्दै आएका दीपेन्द्र गजुरेल बताउँछन् ।